आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

 बैशाख १०, २०७८ शुक्रबार ६:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो । बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया