बाख्रा चराउन गएका बालकको तालमा डुबेर ज्यान गयो

 बैशाख २५, २०७८ शनिबार १५:३०:३७ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – घरबाट बाख्रा चराउन गएका एक किशोरको तालमा डुबेर ज्यान गएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका - ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा उनको ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।  उनी गाउँकै एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।

मृतक रुपलाल तालमा पौडी खेल्न गएको र धेरै समयसम्म बाहिर नआएपछि उनीसँगै गएका साथीले आफन्तलाई खबर गरेका थिए । आफन्त गएर तालबाट मृतकको शव निकालिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया