जन्मदर्ताकै आधारमा पनि शेयरका लागि आवेदन दिन सक्ने

 भदौ ८, २०७५ शुक्रबार ५:५८:५९ | रासस
unn.prixa.net

दोलखा - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २० वर्ष सम्मका किशोर किशोरीलाई जन्मदर्ताकै आधारमा शेयर आवेदन दिन पाउने भएका छन् । 

जन्मदर्ता भएका तर विभिन्न कारणले नागरिकता बनाउन नसकेका १६ देखि २० वर्ष उमेर समूहका किशोर किशोरीले जन्मदर्ता प्रमाण पत्रकै आधारमा आमा वा बाबुलाई संरक्षक राखेर शेयर भर्न पाउने भएका हुन् । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरले शेयर निष्कासन गर्नु पूर्व नै दोलखावासी भएको परिचय खुल्ने प्रमाण पत्र (जन्मदर्ता, विवाह दर्ता वा नागरिकता) का आधारमा शेयर आवेदन दिन पाउने सहमति भएको थियो । तर, शेयर आवेदन संकलनका लागि तोकिएका बैङ्कहरुले १६ वर्ष उमेर पुगेकालाई नागरिकता अनिवार्य हुनुपर्ने बताएपछि त्यसमा समस्या आएको थियो । 

सोही कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरुको निकै ठूलो भीड लागेको छ । प्रशासनले दैनिक चार सयदेखि पाँच सयसम्म नागरिकता वितरण गर्दै आएको पनि छ । 

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिनसक्ने बताउनुभयो । उहाँले १६ देखि २० वर्ष उमेर समूहका नागरिकले नागरिकता नभए पनि जन्मदर्ताकै आधारमा बुबा वा आमालाई संरक्षक राखेर नाबालकको रुपमा आवेदन दिनसक्ने जानकारी दिनुभयो । 

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिन सक्नेछ भन्नुभयो । 

आवेदन दिँदा जन्मदर्ता संगै आमा वा बाबुको नागरिकताको प्रतिलिपि पनि राख्नु पर्नेछ । प्रवक्ता डा न्यौपानेसहितको माथिल्लो तामाकोशी आयोजनाका अधिकारीले आज सदरमुकाम चरिकोटस्थित बैङ्कका प्रबन्धक तथा व्यवस्थापकलाई छुट्टाछुट्टै भेट गरी नागरिकता नभएकै कारण शेयर आवेदन भर्नबाट किशोरकिशोरीलाई वञ्चित नगर्न आग्रहसमेत गरेको छ । 

माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीका लागि छुट्याएको रु एक अर्ब ५ करोड ९० लाख बराबरको शेयर साउन १६ गतेदेखि खुल्ला भएको हो । दोलखावासीले तोकिएको सङ्कलन केन्द्रमा गएर भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kepindra jirel

    Aug. 24, 2018, 8:04 a.m.

    Dear sir/madam This is to inform you that what are the procedures to fill the share and can we feel the form through online process or not

  •  0 Reply

तपाईको प्रतिक्रिया