रुकुम पश्चिम : आइसाेलेशनमा भर्ना भएका कोरोना सङ्क्रमित र कुरुवालाई निःशुल्क खाना

 जेठ ९, २०७८ आइतबार १५:६:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

जिल्ला अस्पताल सल्लेको आइसोलेशनमा बसेका बिरामीका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को समन्वयमा खानाको व्यवस्था गरिएको हो । अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिनुभयो ।

अस्पतालमा सङ्क्रमितका लागि उचित खाना–खाजाको व्यवस्था नभएको र निषेधाज्ञाका कारण खाना पुर्‍याउन आफन्तलाई समस्या भएकाले निःशुल्क खानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अहिले जिल्ला अस्पतालको आइसोलेशनमा ३५ जना बिरामी छन् । दाल, चामल तथा तरकारीका लागि स्थानीय व्यापारीहरूले सहयोग गरेका छन् भने खाना पकाउने उपलब्ध गराउने लगायतका काममा विप्लव समूहका १५ जना खटिएका छन् । यस्तै भाँडाकुँडा, पानी, बिजुली लगायतको व्यवस्था स्थानीयवासीले गरेका छन् ।    

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया