सडक बनाउँदै गरेकाे एक्स्काभेटर चालकसहित खाेलाले बगायाे

 भदौ ९, २०७५ शनिबार १९:१८:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – गएरातिदेखि परेको अविरल वर्षाका कारण लिखु तामाकोशी गाउँपालिका अन्तर्गत खिम्ती खोलामा आएको बाढीले बगाएको सडक बनाउन गएको एक्स्काभेटर चालकसहित खोलाले बगाएको छ । 

शुक्रवार राती खिम्ती खोलामा आएको बाढीले लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीबाट गोकुलगंगा गाउँपालिका तर्फ जाने करिब ४ किलोमिटर सडक बगाएपछि रामेछापको उत्तरी क्षेत्रका गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका तर्फ जाने सबै यातायातका साधनहरु अवरुद्ध हुन पुगेका छन् । 

खोलाले सडक बगाएपछि यातायातका साधनहरु अवरुद्ध भएको भन्दै गोकुलगंगा गाउँपालिकाले सडक संचालन गर्न एक्स्काभेटर लगाएर खोला छेउको सडक निर्माण कार्य गर्दै गर्दा खोला बढेपछि एक्स्काभेटर नै पल्टाइदिएको हो । 

सडक खन्दै गरेको एक्स्काभेटर पल्टिएपछि चालकलाई खोलाले करिब १० मिटर तलसम्म बगाएको थियो । खोलाले बगाउँदै गरेका चालकलाई स्थानीयहरुको सहयोगमा खोलाबाट सकुशल निकाल्न सफल भएको तर खोलाको बीच भागमा रहेको एक्स्काभेटर भने अझै निकाल्न नसकिएको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ का गणेश दाहालले जानकारी दिनुभयो । 

सडक अवरुद्ध भएपछि गाउँवाट राजधानीतर्फ जाने यात्रीहरु र राजधानीवाट गाउँतर्फ जाने सवै यात्रीहरु लिखु तामाकोशी गाउँपालिका वडा नं–६ खिम्ती बजारमा अलपत्र परेको गोकुलगंगा गाउँपालिका वडा नं ४ का बिनोद फुयालले जानकारी बताउनु्भयो । 

खोलाले बगाएको सडक लिखु तामाकोशी गाउँपालिकामा पर्ने भए पनि सडक लिखुका स्थानीय नागरिकहरुले प्रयोग नगरी गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले प्रयोग गर्ने भएकाले दुई गाउँपालिकाले निर्माण गर्नुपर्ने लिखु तामाकोशी गाउँपालिका प्रमुख गोविन्दवहादुर खडकाको विचार छ । 

पोहोर साउन महिनामा आएको भीषण बाढीले त्यसै ठाउँको सडक बगाएपछि लिखु, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पहलमासडक सुचारु भएको थियो । 

वर्षातपछि हिउँदको समयमा सुचारु हुँदै आएको सडक यस वर्षको वर्षात्मा पनि अवरुद्ध हुन पुगेको छ । 
    
    
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया