वाग्मती प्रदेश सरकारकाे नीति तथा कार्यक्रम : कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा केन्द्रित

 जेठ २७, २०७८ बिहिबार २०:३३:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे छ । प्रदेश सभाको आजको बैठकमा  उहाँले  प्रदेश सरकारको चौथो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्दै अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको प्रदेश प्रमुख प्रसाईँले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका धेरै विषयवस्तु समावेश गरिएका छन् ।

यस्तै कार्यक्रममा कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेश सरकार मातहत कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याइने, कोरोनाविरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दालाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने लगायतका बुँदा उल्लेख छन् । 

कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाईँले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यस्ताे छ प्रदेश सरकारकाे नीति तथा कार्यक्रमकाे पूर्ण पाठ–

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया