भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

 जेठ ३१, २०७८ सोमबार ९:३२:५४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । भूमे गाउँपालिकासहित सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, सबै सेवा केन्द्र, विद्यालय, बैंक तथा वित्तिय संस्थामा बिदा हुनेछ ।

पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गाउँपालिका अध्यक्ष रामसुर बुढाले आग्रह गर्नुभएको छ । एक महिनासम्म मनाइने भूम्या पर्व कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सीमित विधिसहित नाचगान गरी मनाइँदैछ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया