रुकुम पूर्व : १९ वर्षीया गर्भवतीलाई हेलिकप्टरमार्फत सुर्खेत लगियाे

 असार ८, २०७८ मंगलबार १९:३९:१० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटकी १९ वर्षीया भूमिका पुन मगरलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

ती गर्भवतीलाई साेमवार (हिजाे) राति मात्रै मैकाेट स्वास्थ्य चौकी पुर्‍यायएकाे थियो । पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीका अनुसार अहिलेसम्म पनि बच्चा जन्माउन नसकेको र झन् समस्या भएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हेलिकप्टर बोलाएर उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत ती गर्भवतीको उद्धार गरिएकाे हाे ।  

भरपर्दो र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूति गृह नहुँदा रुकुम पूर्वका दुर्गम भेगमा गर्भवती तथा सुत्केरी महिलाले जोखिम मोल्दै आएका छन् ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया