क्रिक इन्फोको उत्कृष्ट टेस्ट टिममा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाका तीन/तीन जना खेलाडी

 असार १२, २०७८ शनिबार १९:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टेस्टको विश्व च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा क्रिकेट सम्बन्धी वेबसाइट क्रिक इन्फोले उत्कृष्ट टिम घोषणा गरेको छ । टिममा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाबाट तीन/तीन जना तथा श्रीलंका र इंग्ल्याण्डबाट एक/एक जना परेका छन् ।

टोलीमा च्याम्पियन बनेको न्युजिल्याण्डका केन विलिम्यसन, टिम साउथी र केल ज्यामिसन परेका छन् । यस्तै भारतका रोहित शर्मा, रविचन्द्रन आश्विन र ऋषव पन्त तथा अष्ट्रेलियाका मार्नुस लावुसेन, स्टेभिन स्मिथ र प्याट कमिन्स समावेश छन् । यस्तै श्रीलंकाका दिमुथ करुणारत्ने र इंग्ल्याण्डका बेन स्टोक पनि क्रिकइन्फोको उत्कृष्ट टिममा रहेका छन् ।

भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ । दुई वर्षसम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मानेर क्रिक इन्फोले उत्कृष्ट टिमको घोषणा गरेको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया