विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
कञ्चनपुर – साेमबार बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उनको परिवार शोकमा डुबेको थियो ।
यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन हिँडेका १४ वर्षीय सनी शुक्रबार बेलुकी प्रहरीको गोली लागेर शहादत प्राप्त गरेयता उनका बुबा वीरबहादुरको आँखाबाट बगेको आँशुको भेल अझै रोकिएको छैन ।
विसं २०६६ अघिसम्म भीमदत्तनगरपालिका–१६ वसन्तपुरमा कमैया जीवन बिताएका वीरबहादुर हाल भीमदत्तनगरपालिका कार्यालयमा नगर सरसफाइका जागिरे हुन् । कमैया मुक्त भएपछि भगतपुरमा मिलेको साढे चार धुर जमीनमा ओत लाग्ने दुई कोठे झुपडी बनाएर परिवार पालिरहेका वीरबहादुर छोरा सनीको निधनले स्तब्ध मात्रै छैनन्, आफ्नो जीवनको सहारा गुमाउँदा अथाह पीडामा डूबेका छन् ।
सनीका आमा मञ्जु खुना पनि गहभरि आँशु लिएर सहानुभूतिका लागि आउने आफन्तजनसित कुराकानी गर्छिन् । 'छोरा शहीद भए पनि नियतिले घरपरिवरको खुशी नै लुटेको छ', उनले भनिन्, 'निर्दोष सनी छातीमा गोली थापेर शहीद बन्यो ।'
पछिल्लो समय ज्याला मजदुरीमा लागेर परिवारको खर्च चलाउन सहयोगी बनेका सनीले अध्ययन भने गर्न सकेनन् । 'आर्थिक अवस्था निकै कमजोर भएकाले सनीको ४ कक्षामै पढाइ रोके' आमा मञ्जुले भनिन, 'केही गरेर परिवार चलाउँ भन्ने बेला सपना सबै उडेँ ।'
उनले छोराले गोली खाएको ठाउँमा शहीद सनीको शालिक बनाएको देख्ने आफ्नो धोको रहेको सुनाइन । 'छोरा ढलेको ठाउँमा उसको शालिक बनाइदिए हुन्थ्यो । मञ्जुले भनिन्, 'छोराको शालिक हेरेर चित्त बुझाउनु हुन्थ्यो ।'
मञ्जु पनि गएकाे दुई वर्षदेखि भीमदत्तनगरस्थित मन्टेश्वरी स्कूलमा खाना बनाउने काम गर्छिन् । 'घटना भएको दिन दिउँसोसम्म सनी घरमै थियो', उनी भनिन्, 'ठूलोबुबाको छोरा उमेशसित काम गरेको पैसा लिन गएछ, फर्केर आएन', मञ्जु शहीद सनीका कान्छी आमा हुन् ।
सनी अढाइ वर्षको छँदा उहाँकी आमा मायादेवी खुनाको निधन भएको थियो । सनीका भाइ एलुन खुना अहिले पाँच वर्षका छन् भने दुईवटै दिदीको विवाह भइसकेको छ ।
रक्षाबन्धनकै दिन भाईको शव देख्दा सनीका दुई दिदी त्यो दिन रोएर बिताएको मञ्जुको भनाइ छ ।
बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएका कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक महिना बितेको छ ।
प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरे पनि स्थानीय र मृतकका आफन्तले भने त्यसलाई इन्कार गरे ।
साेमबार राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महिनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताए ।
'घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ”, बुबा यज्ञराजले भने, “यहाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।”
उनले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गरे । “निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्”, उनले भने, “निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।” निर्मलाको खोजी कार्यका लागि पुग्दा प्रहरीबाट बेवास्ता भएको उनको भनाइ छ ।
“समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो”, उनले भने, “न्याय नपाएसम्म लडिरहनेछु ।” गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटनापछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन थालेका थिए ।
सरकारले निर्मला काण्डबारे छानबिन गर्न उच्चस्तरीय टोली कञ्चनपुर पठाएको छ भने जिल्लामा स्थानीय प्रशासन र प्रहरीको नयाँ नेतृत्व पठाएर अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको शून्यबाट अनुसन्धान थालिएको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई घटनाबारे अनुसन्धानका लागि अधिकृत तोकिएको छ । आन्दोलनका कारण अशान्त बनेको भीमदत्तनगर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।
त्यसैगरी घटनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको छ ।
म्याद थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको काम शुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Padam bohara
Aug. 28, 2018, 8:01 a.m.कन्चनपुर घटनाका क्रममा निर्दोष व्यक्ति पक्राउ गर्ने अनि गर्दै नगरेको अपराध स्वीकार गर्न मानसिक एवं शारिरीक तनाव तनाव दिई बाध्य पार्ने नेपालको प्रहरी प्रशाशन अनि दिनहुँ बलात्कारका घटना कान थापेर सुनिरहेको दुबैलाई सरकारले यदि निर्मला पन्तको निश्पक्ष छानबीन गरी दोषीलाई फाँसी या आजीवन कारावासको सजाँय नगरे अर्कोपटक कांग्रेसको अहिले जुनास्थिति छ, त्यसको आधा पनि नपुग्ला प्रधानमंत्रीज्यू , चेतना भया /