पाल्पामा भएको दुर्घटनामा ज्यान जानेको संख्या १४ पुग्यो

 जेठ १८, २०७५ शुक्रबार १९:२४:२८ | देव पचभैया

पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा तानसेन –३, की मुना सारु मगरको ज्यान गएपछि मृत्यु हुनेको  संख्या १४ पुगेको हो ।

अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारीसहित अन्य अतिथि चढेको बस रम्भा गाउँपालिका, हुमिन नाजिकको जंगलमा दुर्घटना हुँदा सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाँका भाइ सचिनसँगै १४ जनाको ज्यान गएको हो ।  दुर्घटनामा ज्यान गुमाउनेमा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्ण बहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खांड र दुर्गादेवी श्रेष्ठ रहेका छन् ।

दुर्घटनाका ३ गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

१३ जनाको ज्यान जाने गरी पाल्पामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । 

घाइते प्रबिन बज्राचार्य, सन्तम बज्राचार्य र अनुज थापालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते तीन जनाको काठमाडौंमा रहेको ग्रीन सिटी हस्पिटलमा  उपचार भैरहेको आफन्तहरुले जनाएका छन् । घाइते अन्य ७ जनाको पाल्पाको युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया