निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

 भदौ १३, २०७५ बुधबार १२:२७:५३ | रासस

पाँचथर – निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । 

जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको तिर्नुपर्ने रकम अहिलेसम्म नतिरेको कन्स्ट्रक्सनका प्रोपाइटर शङ्कर थापाले बताउनुभयो । 

आफूहरूसँग सम्झौता हुनुपूर्व पनि हाइडोपावरले जिससलाई दिनुपर्ने बक्यौतासमेत दिनुपर्ने भए पनि त्यो नदिएको र अहिले ठेक्का सम्झौतापछिको करको रकमसमेत नदिएको उहाँले बताउनुभयो ।

जिल्लामा निर्माणाधीन अवस्थामा रहेका माउन्टेन हाइड्रोपावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बी, रैराङ हाइड्रोपावरले अझैसम्म बालुवा, गिटी र ढुङ्गाको स्थानीय कर नबुझाएको थापाले बताउनुभयो । पटक–पटक ताकेता गर्दासमेत कर तिर्न आलटाल गरिरहेको उहाँको भनाइ छ ।

अब आगामी तीन दिनभित्र कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध पुर्‍याउन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । यता रैराङ हाइड्रोपावरका प्रबन्ध निर्देशक कुवेरमणि नेपालले कर तिर्ने हो, तर यसको संयन्त्रमार्फत् तिर्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया