तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित

 साउन ९, २०७८ शनिबार ५:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ। 

कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भए पनि भारतले ती खेलको सिरिज २–१ ले जितेको छ । यसअघिको दुई खेलमा भारत विजयी भएको थियो । 

भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलङ्काले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । श्रीलङ्का अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्ग खेल्दा चारिथ आशलङ्का २४ रनमा आउट भए । 

रमेश मेन्डिस १५ रनमा अविजित रहे । बलिङमा भारतका  राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्णपा गोथाम र हार्दिक पाण्डेयले १/१ विकेट लिए । यसअघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । 

तर, डीएलको आधारमा श्रीलङ्काले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया