टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

 साउन ११, २०७८ सोमबार १२:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । 

नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।

टी–ट्वान्टीको नयाँ वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड रहेका छन् । चौथो पाकिस्तान र पाँचौं अस्ट्रेलिया रहेको छ । नेपाल एक दिवसीय वरीयतामा भने १६ औं स्थानमै रहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया