इङ्ग्ल्यान्डका क्रिकेट खेलाडी स्टोक्सद्वारा​ अनिश्चितकालका लागि विश्राम

 साउन १६, २०७८ शनिबार ८:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्ल्यान्डका क्रिकेट खेलाडी बेन स्टोक्सले अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औँलालाई आराम दिन विश्राम लिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)ले जनाएको छ ।

योसँगै स्टोक्सले भारतसँगको पाँच टेस्ट श्रृङ्खला पनि गुमाउने भएका छन् । भारत र इङ्ग्ल्यान्डबीचको पाँच टेस्ट श्रृङ्खलाको पहिलो खेल चार अगष्टमा सुरु हुनेछ।स्टोक्सको कप्तानीमा इङ्ग्ल्यान्डको दोस्रो रोजाइको टोलीले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खलामा क्लिन 'स्वीप' गरेको थियो ।

स्टोक्स अक्टोबर/नोभेम्बरमा हुने टी–२० विश्वकपमा फर्कने अनुमान छ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया