कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता

 साउन १७, २०७८ आइतबार १४:४२:३५ | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा दुई महिला र एक बच्चा बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेहरूमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ की २० वर्षकी पार्वती थापा, २० वर्षकै उर्मिला मगर र उहाँको १० दिनका छोरा रहेका छन् । डुङ्गामा रहेका १० जनामध्ये सात जनाको उद्धार भएको डीएसपी घर्तीले बताउनुभयो ।

कैलाली र सुर्खेत दुवै तर्फबाट खटिएका प्रहरीले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया