कर्णालीमा एमालेका तीन सांसदले राेजे एकीकृत समाजवादी पार्टी

 भदौ १६, २०७८ बुधबार १५:१५:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा एमालेका तीन सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदमबहादुर रोकाया र रुकुम पश्चिमका देवी वलीले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

आज बुधवार जिल्ला  निर्वाचन कार्यालयमा गएर तीनै जनाले सनाखत गरेका छन् । 

कर्णाली प्रदेशमा एमालेका २० जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका चार जना 'फ्लोर क्रस' गर्दा कारबाहीमा परेका थिए । प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढाले  माओवादी केन्द्र सरकारलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण कारबाहीमा परेपछि प्रदेश सभा सदस्य पद गुमेको थियो ।

१६ जनामध्ये तीन जनाले एकीकृत समाजवादी रोजेपछि अब कर्णालीमा एमालेका सभामुखसहित १३ प्रदेश सभा सदस्य रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया