बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

 भदौ २६, २०७८ शनिबार १५:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ ।

भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक क्रिस गेल, शाहिद अफ्रिदी, कार्लोस ब्रेथवेट लगायतका विश्वका चर्चित खेलाडी खेल्दैछन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया