ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

 असोज ११, २०७८ सोमबार ७:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र काठमाण्डौ किङ्ग्स ११ खेल्ने छन् ।

काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाण्डौ शीर्ष स्थानमा छ भने अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ । यस्तै, दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् ।

दोस्रो जितको खोजीमा रहेको चितवन २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, भैरहवा एक अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । यसअघि हिजो भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएको थियो भने भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले अङक बाँडेका थिए ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया