आईपीएलमा राजस्थानले चेन्नईलाई हरायाे

 असोज १७, २०७८ आइतबार ६:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन जोडे ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले एक सय एक रनको शतकीय पारी खेले ।

राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अङ्क जोडेको छ । राजस्थान छैटौं स्थानमा छ । समान खेलमा १८ अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया