ईपीएलमा आज दुई खेल हुँदै

 असोज १७, २०७८ आइतबार ७:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा बिहान साढे ९ बजेदेखि काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको पाँचौं स्थानमा छ । करण केसी कप्तान रहेको विराटनगर जित विहीन छ ।

विराटनगर प्रतियोगिताबाट बाहिरिसकेको छ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स खेल्दैछन् । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । कुशल भुर्तेल कप्तान रहेको ललितपुरले चार खेलमा तीन अङ्क जोडेको छ । ललितपुर चौथो स्थानमा छ ।

सोमपाल कामी कप्तान रहेको चितवन तीन खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चितवन प्ले अफमा पुगिसकेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया