दिल्लीलाई हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

 असोज २५, २०७८ सोमबार ६:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबईमा गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै  चेन्नई फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । चेन्नईको जितमा रुतुराज गायकवाड र रोबिन उथप्पाले अर्धशतकीय पारी खेले ।

रुतुराजले सर्वाधिक ७० रन बनाए भने रोबिनले ६३ रन जोडे । यस्तै, कप्तान महेन्द्र सिंह धोनीले अविजित १८  रन जोड्दा मोइन अलीले १६ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।  दिल्लीका लागि  टम करणले ३ विकेट लिए भने एन्रिच नोर्टज र अभेस खानले एक/एक विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्ग्स पारी खेले  पनि टिमलाई जिताउन सकेनन् । यस्तै कप्तान ऋषभ पन्तले ५१, शिम्रन हिटमायरले ३७, अक्षर पटेलले १० रन जोडे ।

चेन्नईका जोस हाजलउडले २ विकेट लिए भने रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १/१ विकेट लिए । दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा आज बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया