मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

 असोज २७, २०७८ बुधबार ९:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री देउवाले दुर्घटनाको खबरले आफू स्तब्ध भएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । 

उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी गाडीको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया