टी–२० विश्व कप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायाे

 कात्तिक ३, २०७८ बुधबार २०:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । 

आबुधाबीमा आज बुधवार नेदरल्यान्ड्सले दिएको एक सय ६५ रनको लक्ष्य नामिबियाले चार विकेट गुमाएर १९ ओभरमै पूरा गर्‍याे । नामिबियाका लागि डेभिड वाइसले अविजित ६६ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ७० रन बनाए ।

आजको जितसँगै नामिबियाको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । नेदरल्यान्ड्सले भने लगभग बाहिरिएकाे छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया