टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

 कात्तिक ९, २०७८ मंगलबार ११:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज  दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् ।

दुबईमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल दिउँसो पौने ४ बजे र पाकिस्तान र न्युजिल्यान्डबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् ।

पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इङ्ग्ल्यान्डले ६ विकेटले हराएको थियो । दोस्रो खेलमा पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्यान्डको यो पहिलो खेल हो ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया