आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
पुस २६, २०८१ शुक्रबार
जाजरकोट – तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।
नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित नाै लाख रुपैयाँको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताउनुभयो । भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको उहाँको भनाइ थियो ।
पटक–पटक बाढी, पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीमा रहेकाे विमानस्थल प्रयोग गर्दै आएका थिए ।
हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ । हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थल नै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन् जटिल हुनाका साथै लामो दुरी पार गर्नु परेकाले राहतको काममा समेत ढिला हुँदै आएको थियो ।
सुरक्षा एवम् हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको हो । श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले याे हेलिप्याड उद्घाटन गर्नुभएको थियो ।
गएकाे वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढी, पहिराेबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।