प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ

 कात्तिक १०, २०७८ बुधबार १४:०:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज बुधवार सुनुवाइ भएको छ । अरू इजलासमा भने सुनुवाइ हुन सकेको छैन । अस्ति साेमवार र हिजाे मङ्गलवार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।  

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोक्नुभएको छ । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेसीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र ती प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको छ । उहाँले न्यायाधीशहरूलाई संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । 

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया