एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालको  लगातार दोस्रो हार

 कात्तिक १२, २०७८ शुक्रबार ६:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहाेरेकाे छ ।

गएराति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो । ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोट समूह चरणबाटै बाहिरिएको छ ।

ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक/एक गोल गरे । छनोटको समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल आइतवार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् । उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया