टी–२० विश्व कप : वेस्ट इन्डिजले बङ्गलादेशलाई ३ रनले हरायाे

 कात्तिक १२, २०७८ शुक्रबार १९:५१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप अन्तर्गत 'सुपर १२' काे खेलमा आज शुक्रवार भएकाे पहिलाे खेलमा वेस्ट इन्डिजले बङ्गलादेशलाई तीन रनले हराएकाे छ । 

वेस्ट इन्डिजले दिएकाे एक सय ४३ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेशले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्याे । बङ्गलादेशका लागि लिटन दासले ४४ र कप्तान महमदुल्लाहले अविजित ३१ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रवि रामपल, जेसन हाेल्डर, आन्द्रे रसेल, अकेल हुसेनन र ड्वेन ब्राभाेले एक/एक विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन बनायाे । वेस्ट इन्डिजका लागि निकाेलस पूरनले ४० र राेस्टन चेसले ३९ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शाेरिफुल इस्लामले दुई/दुई विकेट लिए ।    

आजकाे खेल जितेसँगै वेस्ट इन्डिज सेमिफाइनलमा जाने सम्भावना कायम छ । यसअघिका दुई खेल हारेकाे बङ्गलादेश दुई अङ्कसहित अङ्क तालिकाकाे पाँचाैँ स्थानमा छ । बङ्गलादेशले भने लगातार तीन खेलमा हार बेहाेरेकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया