सेती नदीले धार परिवर्तन गरेपछि बन्द भएको बझाङको जयपृथ्वी राजमार्ग २५ दिनपछि खुलाइँदै

 कात्तिक २५, २०७८ बिहिबार १८:४४:२५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाको मुख्य राजमार्ग जयपृथ्वी राजमार्ग बन्द भएको २५ दिनपछि जयपृथ्वी राजमार्ग खुलाउने काम सुरु भएको छ । बझाङकाे जयपृथ्वी राजमार्ग जाल्या बगर र नारुगौडामा सेती नदीले सडक बगाएपछि बन्द भएको थियो ।  

नारुगौडामा बम विस्फाेट गरेर अहिले पनि काम सञ्चालन भइरहेको छ भने जाल्या बगरमा गएकाे आइतवारदेखि सेती नदीको धार परिवर्तन गर्ने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । 

​गएकाे असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म लगातार भएकाे बेमौसमी वर्षाका कारण सेती नदीले जाल्या बगर र नारुगौडा राजमार्ग कटान गरेकाे थियो । सडक भएको ठाँउमा नै सेती नदी बगेपछि नारुगौडामा नयाँ सडक कटान गरी बाटो खुलाउने काम भइरहेको छ भने जाल्या बगरमा सेती नदीलाई डाइभर्सन तथा धार परिवर्तन गरी केही समयमा लागि भए पनि राजमार्ग सञ्चालन गर्ने काम सुरु भएको हो ।

राजमार्ग बन्द भएका कारण बजारमा पाइने दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । जिल्लाभन्दा बाहिर जाने यात्रुहरू अलपत्र परेका छन् । बिरामीहरूलाई पनि बाहिर जिल्ला लैजान स्टेचरको भरमा बोकेर नारुगौडासम्म लैजानुपर्ने बाध्यता रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया