टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
बझाङ – विद्यालयसहितको भवन भासिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गएकाे असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका १ कैलाशमा रहेकाे बेताल आधारभूत विद्यालयको भवन भासिएपछि अहिले खेतमा कक्षा सञ्चालन भइरहेको छ ।
अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ, विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिनुभयो । याे विद्यालय २०५४ सालमा स्थापना भएको हो । अहिले विद्यालयमा छात्रछात्रा गरी एक सय ७४ विद्यार्थी अध्ययनरत छन् ।
‘पठनपाठन बन्द गर्नुपर्ने अवस्था आयो, पढाइको वैकल्पिक उपायका लागि जिल्ला रेडक्रस सोसाइटीसँग त्रिपाल माग्न चैनपुर गएँ’, प्रधानाध्यापक जोशीले भन्नुभयो, ‘रेडक्रसका पदाधिकारीले त्रिपाल दिन सकिँदैन भन्नुभयो, रित्तै फर्किएँ ।’
विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ । विद्यार्थी खुला रूपमा शौच गर्दै आएका छन् । जयपृथ्वी नगरपालिका १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंह चाँडै विद्यालय भवन निर्माण गरिने बताउनुहुन्छ । नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनभिज्ञ हुनुहुन्छ ।
बेताल आधारभूत विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेकाे जगदम्बा निमावीको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुला चौरमा गर्नुपरिरहेको छ । प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार अहिले एक सय ६० विद्यार्थी चौरमा पढ्ने गरेका छन् । ‘घाम लागेका बेला मात्र नियमित पढाइ हुन्छ’, उहाँले भन्नुभयाे, ‘घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ ।’
वर्षाका कारण बाढी–पहिरोले जिल्लाभरि ६५ विद्यालयमा आंशिक क्षति भएको छ । दुई विद्यालयमा पूर्णरूपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिनुभयो । भौतिक संरचनातर्फ १० करोड ८१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।