टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतीय योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताउनुभएको छ ।
शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।”
उहाँले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गर्नुभयो । नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उहाँले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती हो भन्नुभयो ।
रामदेवले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ ।
उहाँले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गर्नुभयो । उहाँले भन्नुभयो “हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो ।
उहाँले भारतीय आध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गर्नुभयो । प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उहाँले बताउनुभयो ।
बिहीबार नेपाल आउनुभएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो । त्यस प्रशिक्षणमा उहाँका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा याेग गुरु रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गर्नुभएको थियो ।योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।