पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारलाई सभामुखको ध्यानाकर्षण

 जेठ २०, २०७५ आइतबार १३:३०:५७ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ २० – सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको सुरु भएसँगै प्रतिपक्षी दलका सांसदले इन्धनमा  भएको मूल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न भनेपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ३ महिना भित्र पाच पटक पेटोलिम पदार्थको मूल्य वृद्धि भएको भन्दै मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

खेती लगाउने समयमा इन्धनमा मूल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दे उहाँले मूल्यवृद्धिको प्रभाव खाद्य बस्तु, यातायात लगायत सबै क्षेत्रमा देखिएकाले मूल्य वृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखले ध्यानाकर्षण गराउनुभयो । शनिबार रातिदेखि लागू हुने गरी सरकारले इन्धनको मूल्य वृद्धि गरेको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया