भरतपुर महानगरपालिकाकाे विकासका लागि ध्यानाकर्षण गराउँदै प्रचण्ड

 मंसिर ६, २०७८ सोमबार १७:४९:५५ | रासस
unn.prixa.net

चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । 

भरतपुर महानगरपालिकाले आज साेमवार यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्त्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो ।

महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उहाँले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताउनुभयो । यसलाई देशैभर विस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्ध गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो । 

भरतपुर महानगरमा भएको विमानस्थल विस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङ रोड र लिङ्क रोडको काम अघि बढेको भन्दै देशकै नमुनाका रूपमा भरतपुरमा विकासले गति लिएको उहाँको भनाइ थियो ।

आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि अध्यक्ष दाहालले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उहाँले सुझाव दिनुभयो । 

देशभरिका नागरिककाे ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारण रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, ‘यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।’ 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो देखेको सपना बिलकुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुन–जुन शक्ति लागे बुझ्न जरुरी छ ।’

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया