वीरगञ्जमा राति १० बजेपछि चर्को आवाजमा बाजा बजाउन नपाइने

 मंसिर ७, २०७८ मंगलबार १२:५४:५२ | रासस
unn.prixa.net

पर्सा - वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउन नपाइने भएकाे छ । ध्वनी प्रदूषण नियन्त्रण गर्न यस्ताे नियम ल्याइएकाे महानगरपालिकाले जनाएकाे छ ।  

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो  ।

 सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा त्यस्ताे नृत्यमा रोक लगाइएको हो । 

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल वीपीपार्क, माइस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो । 

यसैगरी,  वीरगञ्जमा गाडी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र गाडी पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो  । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया