मन्त्रिपरिषद् बैठक : परराष्ट्र सचिवमा अमृत राई, सशस्त्रका चार जन...
पुस २६, २०८१ शुक्रबार
चितवन – चितवनको भरतपुरमा रहेकाे नारायणी नदी किनारमा आज शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।
यस्तै एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राख्नुभयो ।
‘कम्युनिस्ट आन्दोलनलाई सफलताको शिखरमा पुर्याउन एकता र ध्रुवीकरण अपरिहार्य छ’, उहाँले भन्नुभयो, ‘विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।’ राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिस्ट पार्टीको बीचमा मतभेद र तिक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । ओलीले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उहाँको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टी एकजुटको विकल्प नरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट एकताले मात्र देश र नागरिककाे हित हुने धारणा राख्नुभयो । देश र नागरिकका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली नागरिकलाई गुन लगाएको बताउनुभयो । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उहाँको भनाइ थियो ।
चीनसँग व्यापार र पारवहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले ओली सरकारले मधेशको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।