मेक्सिकोमा ट्रक दुर्घटना, ४९ जनाको ज्यान गयो

 मंसिर २४, २०७८ शुक्रबार ८:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्  ।

गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।  यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए ।  गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया