वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जित्यो

 मंसिर २९, २०७८ बुधबार ६:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जितेको छ । गए राति भएको दोस्रो खेल ९ रनले जितेसँगै तीन खेलको श्रृङ्खला पाकिस्तानले जितेको हो ।

गएराति कराँचीमा पाकिस्तानले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्रै बनाउन सक्यो । उसका लागि ब्रान्डन किङले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ पाकिस्तानका साहिन अफ्रिदीले तीन तथा मोहम्मद नवाज, मोहम्मद वासिम र ह्यारिस रौफले समान २/२ विकेट लिए ।

तीन खेलको टी–ट्वेण्टी र तीन खेलको एकदिवसीय खेल खेल्न वेष्ट इण्डिज पाकिस्तान भ्रमणमा रहेको छ । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया