सरकारले तत्काल तीनै तहकाे चुनाव गरी देशलाई निकास दिनुपर्छ : अध्यक्ष ओली

 पुष ८, २०७८ बिहीबार १८:४३:२७ | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्सा – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको चुनाव घोषणा गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आज बिहीवार जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको चुनाव गरी देशलाई निकास दिनुपर्ने औल्याउनुभयो । 

उहाँले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र देशको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक सुरक्षादेखि नागरिककाे जीवनस्तर उकास्नका लागि नेकपा एमालेले विगतमा विभिन्न कार्य गरेको दाबी गर्नुभयो । 

अध्यक्ष ओलीलाई एक सय ५१ किलोको माला

अध्यक्ष ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उहाँलाई एक ५१ किलोको माला लगाइ दिएर स्वागत गरेका थिए । 

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आउनुभएको हो । त्यस क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेता/कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराइ स्वागत गर्नुभएको थियो । मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको पालिका चुनावमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया