चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १९ गैँडा मरे, दुई वटा चोरी सिकारीले मारेको आशङ्का

 पुष ९, २०७८ शुक्रबार १०:४४:३६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैँडा मरेका छन् ।

मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अरु कालगतीले नै मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका छन् । साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ वटा गैँडा मरेको तथ्याङ्क छ । पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा पाइएको थियो ।

गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेकाे सङ्ख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया