टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
मनाङ - केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले आग्रह गरेको छ ।
चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाण्डौ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा रहेका छन् । चिसो बढेसँगै जिल्लामा बसिरहेका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकाय प्रमुख र सम्बन्धित कार्यालयका प्रमुखसहित हुम्डे एयरपोर्टको भौतिक संरचना तथा अवस्थाको निरीक्षण अनुगमन गरिएको छ । हिमपातका कारण यस संरचनाको मर्मतसम्भार तथा सदुपयोग गर्ने उपायका बारेमा तत्काल खोजी र प्रारम्भ गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।
मनाङ ङिस्याङ गाउँपालिकामा पर्यटन तथा स्थानीय जनजीवनको अवस्था, हिमपात र चिसो बढेपछिको प्रभाव एवं स्थानीयवासीको दैनिकी र प्रहरी तथा निजामती कर्मचारीको स्थितिको अवलोकन गरिएको उहाँले बताउनुभयो । साथै पर्यटकीय पदमार्ग चामेबाट तलेखु, भ्राताङ, ढिकुरपोखरी, पिसाङ, ग्रीन ताल, सीमा प्रहरी चौकी हुम्डे, मुङ्जे, भ्राका, मनाङ र टङ्की मनाङसम्मको अनुगमन पनि गरिएको आचर्याले बताउनुभयो।
उहाँले भन्नुभयो, 'पर्यटक आउने क्रम जारी रहेको तर तिलिचो तालतर्फ जान भने पाइएन ।' अमेरिकन तथा रसियनलगायत देशका पर्यटकले अनुभवी गाइड एवं शेर्पालाई साथमा लिएरर थोराङ्ला पासतर्फ जाने क्रम जारी रहेको र बङ्गाली पर्यटक भने यात्रा अघि नबढाइ फर्किएको पाइएको उहाँले बताउनुभयो ।
ग्रिन लेकबाहेकका ताल एवम् छहरा तथा साना खोलाखोल्सामा बग्दै गरेको पानी पूर्णरूपमा जमेको र घाम लागेसँगै पग्लिएर बग्ने गरेको पाइएको आचार्यको भनाइ छ । मनाङवासीको जनजीवन भने सामान्य रहेको उहाँले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।