सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ

 पुस १७, २०७८ शनिबार १३:३९:१७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै पुगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

आशंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया