स्याफ्रुबेसी–रसुवागढी सडक खुल्न अझै एक दिन लाग्ने

 पुस २०, २०७८ मंगलबार १९:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

रसुवा – सुक्खा पहिरो खसेर बन्द भएकाे रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड खुल्न अझै एक दिन लाग्ने भएको छ । 

पहिरो खसेको ठाउँमा अझै साना–साना ढुङ्गा खसिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा सुक्खा पहिलो खस्दा सडक बन्द भएको हो ।

सडक बन्द भएपछि मालवाहक कन्टेनर बाटोमा नै राेकिएका छन् । पहिरो पन्छाउनका लागि एक्स्काभेटर लगायतका उपकरण प्रयोगमा ल्याउन लागिएको र भोलि बुधवार बिहानदेखि पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जनाएको छ । यो सडक खण्डमा पहिरो खसिरहने समस्या रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया