एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रिय सभा सदस्य चुनावमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ । सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको बैठकले याे निर्णय गरेको हो ।
बैठकमा राष्ट्रिय सभा सदस्य चुनावकाे सन्दर्भमा छलफल भएको र गठबन्धनका तर्फबाट प्रचार र व्यवस्थापनका लागि सातै प्रदेशमा पाँचै दलका प्रतिनिधिसहितको समन्वय समिति बनाएर अघि बढ्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । याे चुनावमा गठबन्धनले यसअघि नै साझा उम्मेदवारी तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गरिसकेको छ । यसैगरी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका सम्बन्धमा छलफल भएको थियो । गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवालाई अनुकूल भएमा नेपालको राष्ट्रियता, जनसरोकारलगायत विषयमा भारतसँग कुरा राख्न सुझाव दिनका साथै र भ्रमण सफलताको शुभकामना दिनुभएको उहाँले बताउनुभयो । बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको अवस्थाबारेसमेत कुरा भएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा बैठकमा सहभागी हुनुहुन्थ्याे । यस्तै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव भुसाल, जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।