सर्लाही : उखुबारीमा महिलाकाे शव फेला पर्‍याे

 पुस २३, २०७८ शुक्रबार २०:३१:३२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका १० कटानीमा आज शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाकाे शव जलेकाे अवस्थामा फेला परेको छ । 

कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

मृतक महिला एक हप्ताअघि देखि घरबाटै हराएको स्थानीयवासीले बताएका छन् । मृतक महिलाका श्रीमान् सुरत माझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परिवारले बताएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीम राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया