धादिङमा पहिरोमा पुरिएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली पुग्यो

 पुस २९, २०७८ बिहिबार १४:५४:३७ | सिताराम अधिकारी
unn.prixa.net

पहिराे गएकाे ठाउँ

धादिङ – धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज बिहीवार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् ।

डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

मौसममा खराब भएकाले खोजीमा समस्या भएको छ । अहिले पनि सामान्य हिमपात भइरहेको र अझै पहिरो झर्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया