एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने भाले हात्तीले समय–समयमा मानिसकाे ज्यान लिने गरेका छन् । यी तीन हात्तीकाे आक्रमणबाट अहिलेसम्म ४४ जनाकाे ज्यान गइसकेकाे छ । यी तीन हात्तीले जिउधन तथा अन्नबालीमा निक्कै क्षति पुर्याइसकेका छन्।
हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउनुहुन्छ । मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उहाँको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन् । ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।
गएकाे एक महिनायता गोविन्दे र ध्रुवेले एक–एक जनाको ज्यान लिइसकेका छन् । यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको सङ्गमस्थलतिर छ । गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन् ।
तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन । तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउनुहुन्छ ।
निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा प्रायजसाे छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन् । यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ ।
तिवारीले भन्नुभयो,'यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँडडुल गर्नुपर्दछ ।' निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो।' तिवारीले अगाडि भन्नुभयो,'यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ ।' निकुञ्ज संरक्षणमा लामो अनुभव सङ्गाल्नुभएका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिनुहुन्छ ।
धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उहाँ बताउनुहुन्छ । कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन् । यो आफैँमा जोखिम रहेको खड्काको भनाइ छ । हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उहाँको सुझाव छ ।
अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन् । यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ । हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भन्नुभयो,'हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र ?' आफूलाई खतरा महसुस गरेर नै हात्तीले आक्रमण गर्ने उहाँको भनाइ छ ।
चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन् । ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ । गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ ।
समूहमा बस्ने हात्ती नियम विपरीत काम गरेमा निष्कासित हुने गर्दछ । समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताउनुभयो । वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।