टि–२० विश्वकप २०२२ : आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

 माघ ७, २०७८ शुक्रबार १५:७:३९ | उज्यालो सहकर्मी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । भारत र पाकिस्तानबीचको खेल अक्टोबर २३ मा मेलबर्न क्रिकेट मैदानमा हुनेछ । साविक विजेता अष्ट्रेलिया र न्युजिल्यान्ड अक्टोबर २२ मा सिड्नी क्रिकेट मैदानमा खेल्नेछन् । गएको अक्टोबर/नोभेम्बरमा भएको टी–२० विश्वकपमा भारत र पाकिस्तान सुपर १२ को समूह दुईमा थिए । पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई १० विकेटले हराएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया