एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
सुर्खेत - जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भिड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतवारदेखि ‘वार’ प्रणाली लागू गर्ने भएको छ ।
कार्यालयमा भिडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न 'वार' प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘वार’ प्रणाली तोकिएको बताउनुभयो ।
उहाँका अनुसार आइतवार र शुक्रवार लेकबेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलवार वीरेन्द्रनगर नगरपालिका, सोमवार र मङ्गलवार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधवार र बिहीवार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।
प्रशासनले वार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाइ पूर्ण खोप लगाएको कार्ड वा त्यसकाे मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र पालिकालाई आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।