राष्ट्रिय सभा सदस्यमा मधेसबाट अर्याल र सिद्दिकी विजयी

 माघ १२, २०७८ बुधबार १९:५२:१७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – राष्ट्रिय सभा सदस्य चुनावमा मधेश प्रदेशबाट गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । उहाँ ६ हजार १ सय ५६ मतभारका साथ विजयी हुनुभएको हो ।

त्यस्तै अर्काे सिटमा सत्ता गठबन्धन दलबाट जसपाका खालिद सिद्दिकी विजयी हुनुभएकाे छ । उहाँ ६ हजार ६ सय ७८ मतभार ल्याएर विजयी हुनुभएकाे हाे । 

कुल मतदाता ३ सय ७२ जना रहेकामा ३ सय ६६ जनाले मतदान गरेका थिए । चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेश सभा सदस्यले मतदान गरेनन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया